२०८३ बैशाख २० गते , आईतबार

‘आफुलाई चिनौँ’ कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २४ गते , शनिबार
‘आफुलाई चिनौँ’ कार्यक्रम सम्पन्न

बिर्तामोड झापाको बिर्तामोडमा २१ वटा संघसंस्थाको सहआयोजनामाआफुलाई चिनौँ, नचिनि सुखै छैन कार्यक्रम भव्यताका सम्पन्न भएको

सामाजिक संस्था ट्रष्ट टीम नेपालको मुख्य आयोजना तथा २० वटा संघसंस्था सहआयोजक रहेको कार्यक्रम शनिबार बिर्तामोडको पुरानो भद्रपुर रोडस्थित बिर्ता पार्टी प्यालेसमा सम्पन्न भएको हो

मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्द कार्यक्रमको प्रमुख वक्ता रहेका थिए उनले मानिसले उर्जा कायम राख्न सके सकारात्मक सोँच विकास हुने सफल हुने बताए मानिसको शरिर एउटा केराको बोक्रा जस्तो मात्र हुने तर भित्री मन चाँहि वास्तविक मानिस हुने उनले बताए आफु भित्रको पहिचान गर्न नसक्दा मानिसले सफलता प्राप्त गर्न नसक्ने सँधै दुखी हुने उनले बताए संसारका सबै मानिसको भौतिक स्वरुप एकै भएपनि आफ्नो क्षमता पहिचान गर्न सकेकै कारण कतिपय मानिस सफल हुने गरेको उनको भनाई  थियो

मानिसको शरिरबाट प्राप्त उर्जा कै कारण उसको क्षमता पहिचान हुने विकाशानन्दको धारणा थियो मानिस आफ्नै कारण दुखी हुने विभिन्न नकारात्मक सोँच विकास हुने भन्दै सँधै शारीरिक उर्जा कायम राख्नु पर्ने उनको सुझाव थियो मानिसले आफुभित्र खुशी आनन्द प्राप्त गर्न सके कैयन रोग लाग्नबाट जोगिने उनले बताए

कार्यक्रममा गोल्डेन नेपाल, जनसेवा साकोस, सुर्यकाली टी इण्डस्ट्रिज प्रालि, सप्तक संगीत विद्यालय, धौलागिरी साकोस, हिमालायन लाइफ इन्स्योरेन्स, विर्तामोड उवा संघ महिला उद्यमी समूह, रिजेन्सी हस्पिटालिटी, स्वष्तिका शिशु सदन, सिद्धिविनायक भजन किर्तन मण्डली, आरआर पोलिक्लिनिक, कञ्जन पाउरोटी उद्योग, युनिकम नेपाल, नारी सञ्चार गृह झापा, मनकामना कलेज, नेपाल महिला चेम्बर बिर्तामोड, मिलनसार साकोस, इलाम झापा मैत्री समाज, तपस्या आइसक्रिम उद्योग दन्तकाली इङ्गिलस बोर्डिङ स्कुल सहआयोजक रहेका थिए

 सहआयोजकहरुलाई डा. योगी विकाशानन्दले प्रशंसा पत्र प्रदान गरेका थिए कार्यक्रममा सप्तक संगीत विद्यालयका सञ्चालक तथा प्रशिक्षक सरोज वत्स तथा सञ्जिवनी पौड्याललगायत प्रशिक्षार्थीहरुले गुरुबन्दनाका साथै अन्य सांगीतिक प्रस्तुती राखेका थिए आयोजक संस्थाका सदस्य निर्जला घिमिरेले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन्

कार्यक्रममा तीन सय पचास जनाको सहभागिता रहेको थियो ट्रष्ट टीम नेपालका अध्यक्ष खिवराज दाहालले सहभागीलाई स्वागत तथा कार्यक्रमको औचित्य प्रष्ट्याएको कार्यक्रम महासचिव सागर रिजालले सञ्चालन गरेका थिए

सम्बन्धित समाचार