२०८३ बैशाख २० गते , आईतबार

बिना प्रतिष्पर्धा मुख्यमन्त्री कार्कीले खुवाए सालीलाई जागिर

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २४ गते , शनिबार
बिना प्रतिष्पर्धा मुख्यमन्त्री कार्कीले खुवाए सालीलाई जागिर

विराटनगर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको पर्यटन विकास आयोजनामा आफ्नी साली शोभा बस्नेतलाई कम्प्युटर अपरेटरमा नियुक्ति दिलाएका छन्

कार्की २७ असोजमा मुख्यमन्त्री भएका थिए भने उनकी सालीको नियुक्ति गत पुसमा भएको कोशीको पर्यटन विकास आयोजना पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्छ सो मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका नेता गणेश उप्रेतीले सम्हालिरहेका छन्

मन्त्री उप्रेतीले कर्मचारी नियुक्तिको तयारी गरिरहेका बेला मुख्यमन्त्री कार्कीले आयोजना प्रमुख कुलदीप यादवलाई नियुक्तिका लागि बस्नेतको नाम पठाएका थिए स्रोतका अनुसार मुख्यमन्त्रीको निर्देशनपछि यादवले बस्नेतलाई कम्प्युटर अपरेटरमा नियुक्त गरेका थिए

यादवले भने कम्प्ययुटर अपरेटरमा नियुक्त बस्नेत मुख्यमन्त्रीको सम्बन्धबारे आफूलाई थाहा नभएको बताए आयोजनाले सबै कर्मचारी करारमा नियुक्त गरेको त्यसका लागि विज्ञापन भने नगरिएको उनले खुलाए

आयोजनाका १४ जना इन्जिनियर सवइन्जिनियरको नियुक्ति पनि प्रतिस्पर्धा बिना नै भएको आयोजना प्रमुख यादवले बताए करार नियुक्ति हो, महिनाको म्याद हुन्छ, आवश्यकता अनुसार राख्ने हो, उनले भने

चालु आर्थिक वर्षमा पर्यटन विकास आयोजनाका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको यो आयोजनामार्फत प्रदेशका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रमा पूर्वाधार निर्माणको काम भइरहेको

१३ मंसिरमा पारित भएको कोशी प्रदेशको बजेटले पाचौं तहको कम्प्युटर अपरेटरको दरबन्दी सिर्जना गरेको थियो सोही दरबन्दीमा मुख्यमन्त्री कार्कीले आफ्नी सालीलाई नियुक्त गर्न लगाएका हुन्

सम्बन्धित समाचार