२०८३ बैशाख २० गते , आईतबार

योगी विकाशानन्दको साथमा ‘आफुलाई चिनौँ’ कार्यक्रम हुँदै

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २२ गते , विहीबार
योगी विकाशानन्दको साथमा ‘आफुलाई चिनौँ’ कार्यक्रम हुँदै

बिर्तामोड सामाजिक संस्था ट्रष्ट टीम नेपाललेआफुलाई चिनौँ कार्यक्रम गर्ने भएको झापाका करिब दुई दर्जन संघसंस्थासँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो

मानिसले तनावमुक्त भएर सकारात्मक उर्जा प्राप्त गर्नका लागि कार्यक्रम आयोजना गरिएको ट्रष्ट टीम नेपाल अध्यात्म विभागकी संयोजक रिना थापा (मेहेर  मगर)ले जानकारी दिइन् कार्यक्रममा गुरु डा. योगी विकाशानन्दले तनाव व्यवस्थापन कसरी गर्ने, सकारात्मक उर्जा कसरी प्राप्त गर्ने, सकारात्मक सोँचको विकास कसरी हुन्छ जस्ता महत्वपूर्ण जानकारी तथा उपायहरुका बारेमा प्रवचन दिने उनले जानकारी दिइन् मानिसहरु विभिन्न तनाव, रोग, समस्याबाट ग्रसित हुँदा सफलतापूर्वक आफ्ना काम अगाडी बढाउन नसक्ने भएकाले डा. योगी विकाशानन्दको प्रवचनबाट लाभ लिन सकिने उनको भनाई  

कार्यक्रम शनिबार विहान बजेदेखि १०:३० सम्म बिर्तामोडको पुरानो भद्रपुर रोडस्थित बिर्ता पार्टी प्यालेसमा हुन लागेको मगरले जानकारी दिइन् कार्यक्रममा सप्तक संगीत विद्यालयको दुई वटा सांगीतिक प्रस्तुतीसमेत रहने आयोजकले जनाएको कार्यक्रममा विभिन्न कलेज, सामाजिक संघसंस्था, सहकारी, बीमा कम्पनी, भजन कीर्तन मण्डली, टोल विकास संस्थाआदि बाट तीन सय जना भन्दा बढीको सहभागीता रहने आयोजकको भनाई       

सम्बन्धित समाचार