२०८३ बैशाख २० गते , आईतबार

अटो दुर्घटनापछि फरार चालक पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २१ गते , बुधबार
अटो दुर्घटनापछि फरार चालक पक्राउ

बिर्तामोड मंगलबार साँझ बिर्तामोड स्थित बिर्ताबजारमा अटो दुर्घटना पश्चात फरार अटो चालक पक्राउ परेका छन् प्रहरीले अटो चालक बिर्तामोड का ४२ बर्षीय अरुण तामाङलाई पक्राउ गरेको हो

दुर्घटना लगत्तै फरार भएका तामाङलाई आधा घण्टापछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको उनको ढाडमा सामान्य चोट लागेको उपचार पश्चात इप्रका अनारमनीको हिरासतमा राखिएको इप्रका अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए चालक तामाङको साथबाट तत्काल सवारी चालक अनुमती पत्र (लाइसेन्स) प्राप्त नभएको प्रहरीले जनाएको  

मंगलबार साँझ ७ः१५ बजे बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र ०१००२ ६२१ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ताप्लेजुङ जिल्ला साबिकको डुम्रिसे बस्ने ३६ बर्षीय भीमबहादुर तामाङको मृत्यु भएको थियो अर्की यात्रु ताप्लेजुङ  जिल्ला पाथीभरा याङवरक बस्ने ३१ बर्षीय सामना लिम्बू घाइते भएकी थिइन् उनको बीएण्डसी अस्पताल बिर्तामोडमा आइसीयुमा उपचार भइरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार