२०८३ बैशाख २० गते , आईतबार

बिर्तामोडमा अटो पल्टिँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २१ गते , बुधबार
बिर्तामोडमा अटो पल्टिँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

बिर्तामोड झापाको बिर्तामोड बिर्ताबजारमा अहिले साँझ सवा सात बजे अटो पल्टिँदा एक जनाको मृत्यु भएको भने अर्का एक जना गम्भीर घाइते भएका छन्

बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र ०१००२ ६२१ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक बस्ने ३१ बर्षीय सामना लिम्बू साबिकको डुम्रिसे बस्ने ३६ बर्षीय भीमबहादुर तामाङ घाइते भएका थिए

उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा तामाङलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको अर्की घाइते सामना लिम्बूको चिउँडो भाँचिएको गम्भीर अवस्थामा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको प्रहरीले अटो नियन्त्रणमा लिएपनि चालक फरार रहेको जनाएको

 

सम्बन्धित समाचार