२०८३ बैशाख २० गते , आईतबार

बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मानबाट पाँच जना सम्मानित हुँदै

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २० गते , मंगलबार
बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मानबाट पाँच जना सम्मानित हुँदै

बिर्तामोड । गोरखा फाउन्डेसन नेपालले ‘बिसे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान २०८०’ बाट पाँच जनालाई सम्मान गर्ने भएको छ।  फाउन्डेसनले सामाजिक अभियान्ता महेन्द्रकुमार गिरी, वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, अभिनेता राजेश हमाल, प्रमुख जिल्ला अधिकारी सीता परियार र अन्टार्कटिका महादेश पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा लाई सम्मान गर्न लागेको हो।
उनीहरुलाई आगामी चैत २१ गते बिर्तामोडमा सम्मान गरिने फाउण्डेसनका अध्यक्ष बिरु दर्नालले जानकारी दिए।
चलचित्रको लेखन, निर्देशन तथा निर्माण गरी नेपाली चलचित्रको क्षेत्रलाई संस्थागत गर्दै नेपाली कला क्षेत्रको विकासमा अतुलनिय योगदान गरेको भन्दै भारत निवासी घिमिरेलाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।  नेपाली चलचित्रको नायकको भुमिकामा ३५ बर्षदेखि रहेर नेपाली चलचित्रलाई स्थापित गराउन सफल महानायकले समेत परिचित हमालले चलचित्रसँगै समतामुलक समाज निर्माणमासमेत महत्वपूर्ण भुमिका खेलेको भन्दै सम्मान गर्न लागिएको बताइएको छ ।  
त्यस्तै उत्पीडित महिलाहरुको समुदायको तर्फबाट निजामति सेवामा प्रवेश पहिलो प्रमुख जिल्ला अधिकारी बन्न सफल भएकी सितालाई  सम्मान गर्न लागिएको छ भने भारतीय गोर्खा रेजिमेन्ट भुवनसिंह भारतीय सेनाको टोलीबाट मानव बिहिन अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली  बनेर  इतिहास रच्न सफल भएको भन्दै सम्मान गर्न लागिएको जानकारी दिइएको छ । 
त्यसैगरी ३४ जना सदस्यबाट स्थापना भएको सहारा नेपाल साकोसलाई नेपालकै सवै भन्दा ठूलो सहकारी बनाउन योगदान साथै समर्पण भवन निर्माण, एकका लागि एक अभियान, सडक दुर्घटना न्यूनिकरण महाअभियान, पिसिआर ल्यावको स्थापना, झापा गोल्डकप लगायतका दर्जनौ सामाजिक संस्थामा नेतृत्वदायी भुमिका निर्वाह गरेर समाज र देशका लागि अतुलनिय कार्य गरेको भन्दै गिरीलाई सम्मान गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी दिइयो । सहारा नेपालका कार्यकारी प्रमुखसमेत रहेका गिरीलाई सहकारीको स्थापना दिवसकै अवसरमा सम्मान गर्न लागिएकोसमेत जानकारी दिइएको छ ।   
नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका तत्कालीन गोरखा दरवारमा दरबारिया तथा राजपरिवारको भोटो सिलाउने साथै दरवारमा नगरा बजाउने नौबाग तथा बिसे नगर्चीको योगदानको स्मरण गर्दै नयाँ पुस्ताबिच पुनःस्थापित गराउने उद्धश्यले उक्त कार्यक्रम गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष बिरु दर्नालले जानकारी दिए । 

सम्बन्धित समाचार