२०८३ बैशाख २० गते , आईतबार

दुर्घटनाका घाइते बुद्धशान्तिका न्यौपानेको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १९ गते , सोमबार
दुर्घटनाका घाइते बुद्धशान्तिका न्यौपानेको मृत्यु

बिर्तामोड । गत चैत ७ गते बुद्धशान्ति-५ खारखोलास्थित मदन भण्डारी हाईवेमा भएको दुर्घटनामा परी घाइते स्थानीय गोबिन्द न्यौपानेको मृत्यु भएको छ । बुधबारेबाट खारखोला तर्फ जादै गरेको प्र.१-०१-०१६ प.३५२१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा न्यौपाने घाइते भएका थिए ।  गम्भीर अवस्थामा बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भई रहेको न्यौपानेलाई १७ गते प्रादेशिक अस्पताल अस्पताल भद्रपुर लागिएको थियो । उपचारको क्रममा आईतबार साँझ ६:३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिए। 

सम्बन्धित समाचार