२०८३ बैशाख २० गते , आईतबार

संवैधानिक निकायमा नियुक्तिका लागि परिषदको बैठक शुरु

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १८ गते , आईतबार
संवैधानिक निकायमा नियुक्तिका लागि परिषदको बैठक शुरु

झापा संवैधानिक परिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिकाबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक शुरु भएको हो

प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड ले विपक्षी दलका नेता शेरबहादुर देउवासँग समेत परामर्श गरेर परिषद्को बैठक राखेका छन् यसअघि चैत १२ गते नै बैठक बोलाइएको भएपनि त्यसबेला बैठक बस्न सकेको थिएन बैठकमा महालेखा परीक्षक नियुक्तिको प्रस्ताव प्रस्तुत हुनेछ भने अन्य रिक्त पदहरूमा समेत नियुक्तिका विषयमा छलफल हुनेछ

प्रधानमन्त्री दाहालले शनिबार विपक्षी दलका नेता देउवासँग छलफल गरेका थिए सो छलफलमा सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी थिए

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष उपसभामुख सदस्य रहने व्यवस्था रहेको संवैधानिक पदहरूमा नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने परिषद्को कार्याधिकार रहेको

नेपालको संविधान २०७२ अनुसार १३ वटा संवैधानिक निकायहरू रहेका छन् त्यसमध्ये महालेखा परीक्षकसहित निर्वाचन आयोग प्राकृतिक श्रोत तथा वित्त आयोगमा एकएक सदस्यहरू रिक्त रहेका छन्

सम्बन्धित समाचार