२०८३ बैशाख २० गते , आईतबार

लक्ष्मीपुर खानेपानीको १०औँ साधारणसभा सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १७ गते , शनिबार
लक्ष्मीपुर खानेपानीको १०औँ साधारणसभा सम्पन्न

लक्ष्मीपुर लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १०औं बार्षिक साधारणसभा सम्पन्न भएको झापाको कनकाई अर्जुनधारामा कार्यालय रहेको संस्थाले शनिवार (आज) अर्जुनधारा स्थित बिहीबारे बजारमा साधारणसभा सम्पन्न गरेको हो

कनकाई , अर्जुनधारा साविक साथै बिर्तामोडको केही क्षेत्रलाई शुद्ध खानेपानी बितरण गर्ने उद्धेश्यले स्थापना भएको संस्थामा हाल ७८१ वटा धारा जडान गरिएको अध्यक्ष कटुवालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख त्यस्तै गत बर्षको साधारणसभा उठेका प्रश्न सुझावको आधारमा ७७ वटा धारा ५० प्रतिशत छुटमा जडान गरिएको अध्यक्ष कटुवालले जानकारी दिए खानेपानी संस्थाले आगामी बर्षदेखि एसएमएस सेवा सञ्चालन गरेर प्रत्येक उपभोक्तालाई सूचना प्रवाह गर्ने समेत भएको

संस्थाले १० हजार लिटरसम्मको पानीको महसुल १५० रुपैयाँ लिने गरेको सदस्य बुद्धिसागर कट्टेलले जानकारी दिए उनका अनुसार हाल नयाँ सदस्यलाई १० हजार रुपैयाँमा धारा जडान गरिदै आएको भने पुराना सदस्यलाई जम्मा भएको रकमबाट घटाएर जडान गरिने गरेको संस्थामा हाल एक हजार एकसय ३५ जना उपभोक्ता रहेको कट्टेलले बताए

आर्थिक बर्ष २०७९÷८० मा बिभिन्न शिर्षकमा ९१ लाख ५५ हजार ८५ रुपैयाँ ९४ पैसा आम्दानी गरेको संस्थाले राष्ट्रिय बाणिज्य बैंक बिर्तामोडमा लाख ६७ हजार ७६ रुपैयाँ, बागेडाँगी त्रिबेणी सहकारीमा १३ लाख २९ हजार ३२५ रुपैयाँ बचत रहेको भने अन्य बिभिन्न शिर्षकमा खर्च भएको साधारणसभामा प्रस्तुत लेखा प्रतिवेदनमा उल्लेख लेखा प्रतिवेदन संस्थाका सदस्य नारायण काफ्लेले प्रस्तुत गरेका थिए

त्यस्तै संस्थाले केन्द्रिय प्रदेश सरकारबाट अनुदानबापत करोड ६० लाख माग गर्ने, आन्तरिक उपभोक्ता तथा महसुलबाट १९ लाख ३० हजार सडक कालोपत्रे गर्न कनकाई अर्जुनधारा नगरबाट करोड माग गर्ने प्रस्ताव साधारणसभामा पेश गरेका थियो संस्थाले आगामी बर्षदेखि धारा जडान गर्नेलाई मात्र उपभोक्ता मानेर उपभोक्ता कार्डसमेत बितरण गर्ने प्रस्ताव समेत पेश गरेको

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाठकले शुद्ध खानेपानी अति आवश्यक भएकाले प्रदेश सांसद भएका नाताले खानेपानी सुधारमा सक्दो पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन्

त्यस्तै अर्जुनधारा का वडाध्यक्ष गीताराज खड्का (हरि) ले अति बिपन्न ५० घरपरिवार पहिचान गरी निःशुल्क खानेपानीको धारा जडान गर्ने प्रतिवद्धता ब्यक्त गरे   कार्यक्रममा जग्गादाताका तर्फबाट छबिलाल लम्साल, हस्तपद्मा  खानेपानी घैलाडुब्वाका उपाध्यक्ष गोबिन्द श्रेष्ठ, उपभोक्ताहरुका तर्फबाट देवराज बुढाथकीलगायतले आफ्नो भनाई राखेका थिए

कार्यक्रममा संस्थाका लागि जग्गा प्रदान गर्ने तेजकुमार गिरी, चुडामणि आचार्य, कनकाई का अर्जुनधारा का कार्यपालिका सदस्य तथा जनप्रतिनिधि, बिभिन्न सामाजिक ब्यक्तित्व, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो

संस्थाका अध्यक्ष लीलाबहादुर कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सांसद चिन्तन पाठक (त्रिलोचन) को प्रमुख आतिथ्य रहेको थियो स्वागत संस्थाका सदस्य हेमकुमारी चौधरीले गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव केशवप्रसाद ओझाले गरेका थिए

 

सम्बन्धित समाचार