२०८३ बैशाख २० गते , आईतबार
हात्तीको आक्रमणबाट एकल महिलाको मृत्यु
बिर्तामोड । झापाको कमल गाउँपालिकामा हात्तीको आक्रमणमा परि एकल महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका वडा नम्बर ५ की ५८ बर्षीया खड्गमाया लिम्बु रहेको प्रहरीले जनाएको छ ।
छिमेकी पवित्रा बेघाको घरमा सुत्न गएकी लिम्बुलाई राति ११ः५० बजे आएको जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हात्तीले घर भत्काउन थालेको देखेपछि भाग्न थालेकी लिम्बुलाई हात्तीले लखेटेर आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनको दाहिने खुट्टाको घुँडामुनिको भाग चुट्टिएको र शरिर क्षतविक्षत भएको प्रहरीले जनाएको छ । उनको घटनास्थल मै मृत्यु भएको जिप्रका झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकार िदिए ।