२०८३ बैशाख २० गते , आईतबार

प्रश्न पत्र लिक गर्ने पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १७ गते , शनिबार
प्रश्न पत्र लिक गर्ने पक्राउ

बिर्तामोड एसईईको दोस्रो दिन शुक्रबार सिरहामा नेपाली बिषयको प्रश्न पत्र लिक गर्ने पक्राउ परेका छन् परीक्षा शुरु भएको १० मिनेट मै ह्वाट्सएप मार्फत प्रश्न पत्र बाहिरिएपछि प्रहरीले सिरहा बरियारपट्टी का १५ बर्षीय विकास कुमार रायलाई प्रहरीले पक्राउ गरेको हो

बरियारपट्टी स्थित जनता मावि झिझौल परीक्षा केन्द्रको बाहिर बसेर मोबाइलबाट प्रश्नपत्रको गोपनीयता भंग गरिरहेको अवस्थामा रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए पक्राउ परेका रायलाई अदालतबाट दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको

प्रहरीले परीक्षाको आचारसंहिता विपरित कार्य गर्ने परीक्षार्थीको १२१ थान मोबाइलसमेत बरामद गरेको जनाएको

त्यस्तै प्रहरीले मिर्चैया नगरपालिका वडा नम्बर स्थित शारदा मावि रामपुरबिर्तामा एसईई परीक्षा केन्द्रमा जनसेवा मावि कर्जन्हाको सिम्बोल नम्बर ०१६०२०७३ को परीक्षार्थी अभिषेक महराको प्रवेश पत्रको प्रतिलिपी लिई नक्कली परिक्षार्थीको रुपमा परीक्षा लेखिरहेका कर्जन्हा नगरपालिका वडा नम्बर बस्ने १६ बर्षीय अर्जुन महरालाई प्रहरीले पक्राउ गरेको

सम्बन्धित समाचार