२०८३ बैशाख २० गते , आईतबार

पत्रकारहरु स्थानीय सत्ताप्रति मौन रहँदा धेरै विकृति मौलाए : चन्द्र किशोर

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १६ गते , शुक्रबार
पत्रकारहरु स्थानीय सत्ताप्रति मौन रहँदा धेरै विकृति मौलाए : चन्द्र किशोर

बिर्तामोड नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवसको अवसरमा महासंघ झापा शाखाले झण्डोत्तोलन गरेको शुक्रबार महासंघ झापाको बिर्तामोडस्थित कार्यालय भवनमा राष्ट्रिय झण्डा महासंघको झण्डा झण्डोत्तोलन गरिएको हो

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक चन्द्र किशोर महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्यले झण्डोत्तोलन गरेका थिए

झण्डोत्तोलनपछि संक्षिप्त समारोहमा बोल्दै चन्द्र किशोरले नेपाली पत्रकारिता अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको भन्दै जुनसुकै परिस्थितिमा पनि पत्रकारले भुइँमान्छेको पक्षमा आवाज उठाइरहनुपर्ने बताए चन्द्र किशोरले पछिल्लो समय पत्रकारहरु स्थानीय सत्ताप्रति मौन रहँदा धेरै विकृति मौलाएकोतर्फ संकेत गर्दै स्थानीय सत्ताका कमजोरीप्रति तेजिलो प्रश्न गरेर खबरदारी गरिरहनुपर्नेमा जोड दिए

पूर्व अध्यक्ष आचार्यले पत्रकारलाई संगठित गरी गर्विलो इतिहास कायम गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवसको सन्दर्भमा शुभकामना व्यक्त गरे कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए

सम्बन्धित समाचार