२०८३ बैशाख २० गते , आईतबार

कर्णाली नदीमा हाम फालेर बेपत्ता युवाको शव फेला

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १५ गते , विहीबार
कर्णाली नदीमा हाम फालेर बेपत्ता युवाको शव फेला

धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर सोमबार बेपत्ता भएका लोकेन्द्र शाही बिहीबार मृत अवस्थामा भेटिएका छन् । टिकापुर नगरपालिका २ सनकट्टी घाटमा उनको शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । 
लम्कीचुहा नगरपालिका ३ चिसापानीका अन्दाजी ३० वर्षीय शाही सोमबार होलीको दिन कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए । घटनालगत्तैदेखि उनको खोजी कार्य सुरु गरिएको थियो । होलीको रमझममा पुल माथिबाट शाहीसँगै १७ जनाले नदीमा हाम फालेका थिए । अन्य १६ जना युवा पौडिएर निस्किएका थिए ।

सम्बन्धित समाचार