होलीमा ३५८ सवारी र ६ जना मानिस प्रहरी नियन्त्रणमा
बिर्तामोड । ट्राफिक नियम उल्लंघन गरेर कुदाएका ३५८ वटा सवारी साधनलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
होली मनाउने क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ३४७ वटा दुई पाङ्ग्रे, १० वटा तीन पाङ्ग्रे र एउटा चार पाङ्ग्रे सवारी सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्राफिक प्रहरीले २७० र बाँकी जनपथ प्रहरीले नियन्त्रणमा लिएका हुन् । ट्राफिक प्रहरीले तीन जना सवार ११४ वटा, बिना हेल्मेट १४६ र मादक पदार्थ सेवन गरेर कुदाएका १० वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।
मादक पदार्थ सेवन गरेका चालकलाई एक हजार रुपैँया जरिवाना गरेर मादक पदार्थ सेवन नगरेको र सवारी चालक अनुमती पत्र भएको चालकको जिम्मा लगाउने र अन्यको हकमा पाँच सय रुपैँया जरिवाना गरेर छाडिने प्रहरी निरीक्षक न्यौपानलेले जानकारी दिए ।
त्यस्तै प्रहरीले ६ जना मानिसलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।