२०८३ बैशाख २० गते , आईतबार
कनकाई नहरमा डुबेर एक जनाको मृत्यु
बिर्तामोड । कनकाई सिँचाई आयोजनाको नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी–११ श्रृष्टि टोल निवासी १४ बर्षीय रविन प्रधानको मृत्यु भएको हो ।
सोमबार साढे दुई बजे नहरमा नुहाउने क्रममा डुबेर प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।
नुहाउने क्रममा नहरमा डुबेका प्रधानलाई बगाएर साइफन भन्ने स्थानमा पुर्याएको र फलाममा अड्किएको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।