२०८३ बैशाख २० गते , आईतबार
स्रोत नखुलेको नगद १० लाख सहित एक जना पक्राउ
बिर्तामोड । स्रोत नखुलेको नगद १० लाख १ हजार ६३० रुपैँयासहित पूर्वपश्चिम लोकमार्गस्थित सिरहामा एक जना पक्राउ परेका छन् । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ६ सितापुर बस्ने अन्दाजी ३० बर्षीय मुकेश कुमार साह पक्राउ परेका हुन् ।
बिहीबार दिउँसो १ बजे सो सडक खण्डमा इप्रका लहान र जिप्रका सिरहाको संयुक्त गस्ती टोलील पुर्वबाट आईरहेको प्र २–०१–००२ प ३९६९ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल चेकजाँच गर्ने क्रममा साहको साथबाट उक्त स्रोत नखुलेको रकम फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।
उनको साथबाट एसबीआई बैंकको स्टीकर लागेको १ हजार दरका १० प्याकेट र अन्य १ हजार ६३० रुपैँया बरामद गरी राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।