२०८३ बैशाख २० गते , आईतबार

कोशीमा तीन महिनामा ४८८ आगलागीका घटना, १२ जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ८ गते , विहीबार
कोशीमा तीन महिनामा ४८८ आगलागीका घटना, १२ जनाको मृत्यु

झापा पछिल्लो तीन महिनामा कोशी प्रदेशमा आगलागीका घटना बढेका छन् सुक्खायाम सुरु भएसँगै तीन महिनाको अवधिमा चार सय ८८ आगलागीका घटना भएका हुन्

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पुस देखि चैत सम्मको तीन महिनामा प्रदेशमा आगलागीबाट १२ जनाको मृत्यु २४ जना घाइते भएका छन् विद्युत् सर्ट, ग्यास चुहावट, भान्सा गोठको आगो नियन्त्रण बाहिर जाँदा आगलागीका घटना हुने गरेका उनले बताए

स्थानीय जंगलमा पनि डढेलो लाग्ने गरेको भन्दै प्रहरी उपरीक्षक पोखरेलले पहाडी जिल्लाका वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएमा मानव बस्तीमा समेत आगलागी हुने गरेको बताए

यही चैत गते भोजपुरको हतुवागढी गाउँपालिका मा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको थियो। मृत्यु हुनेमा तीन वर्षीय देउनिस कार्की, पाँच वर्षीय प्रनिस कार्की सात वर्षीया दिप्तिका कार्की रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईले जानकारी दिए आमाबुबा खेतबारीमा काम गर्न जानुभएको रहेछ, घटनाबारे जानकारी  दिँदै उनले भने, ‘गोठबाट सल्किएको आगोले घरमा खेलिरहेका बालबालिकालाई लपेटेछ उनीहरू भाग्नै सकेनन्

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार जिल्लामा बितेको दुई सातामा आगलागीका दुई दर्जन घटना भइसकेका छन् झापाको गौरीगञ्ज गाउँपालिका का ५५ वर्षीय नीलकण्ठ घिमिरेको बुधबार तरकारी बारीमा सल्किएको आगोले जलेर घटनास्थलमै मृत्यु भयो गत पुस गते धनकुटा नगरपालिका कर्मीटारमा गोठमा खोले पकाउने चुलोबाट सल्केको आगोले विश्वबन्धु थापा काजीनारायण श्रेष्ठको घर, गोठ जलेर ११ लाख बराबारको क्षति भएको प्रहरी भनाइ

यही चैत गते झापाको रतुवामाई वृक्षरोपण आयोजनामा ठूलो डढेलो लागेको थियो आयोजनाको धरमपुर, केर्खा झिलझिलेनजिक वनमा लागेको आगो निभाउन आयोजनाले चासो नदेखाएको स्थानीयवासीको आरोप

गत फागुन २८ गते मेचीनगर नगरपालिका १५ मा रहेको देशकै ठूलो प्लाइउड कारखाना भगवती लेमिनेटस् प्रालिमा भीषण आगलागी हुँदा १५ करोडको क्षति भएको काठको गोलियामा सल्किएको आगो निभाउन नेपालका आठवटा भारतको एउटा दमकललाई तीन दिन लागेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए

घरको भान्सा, परालको कुन्यु चुरोटको ठुटाबाट समेत आगलागीका दुर्घटना निम्तिने गरेका छन् बालबालिकाले सलाई लाइटरजस्ता आगो निस्कने वस्तु खेलाउँदा कतिपय आगलागी भएका छन्

सम्बन्धित समाचार