२०८३ बैशाख २० गते , आईतबार

कृषि बजार व्यवस्थापन समितिको पद हस्तान्तर

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ६ गते , मंगलबार
कृषि बजार व्यवस्थापन समितिको पद हस्तान्तर

बिर्तामोड झापाको बिर्तामोड नगरपालिका वडा नम्बर स्थित कृषि बजार व्यवस्थापन समितिको पद हस्तान्तरण सम्पन्न भएको मंगलबार आयोजित एक कार्यक्रमका बिच पद हस्तान्तरण सम्पन्न भएको हो

समितिको गत शनिबार सम्पन्न निर्वाचनबाट निरज ओली अध्यक्ष चयन भएका थिए

कार्यक्रममा निवर्तमान अध्यक्ष कमल पौडेलले नवनिर्वाचित अध्यक्ष ओलीलाई माइन्युट हस्तान्तरण गरेका थिए

कार्यक्रममा बोल्दै पौडेलले आफ्नो कार्यकालमा गरेका कामका विवरण प्रस्तुत गर्नुका साथै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने समितिका सदस्य तथा सम्पूर्ण शुभेच्छुकहरुलाई धन्यवाद दिए

कृषि थोक बजारका संस्थापक अध्यक्ष हर्कलाल गिरी, बिर्तामोड का वडाध्यक्ष रोहित प्रसाई लगायतले नवनिर्वाचित समितिलाई शुभकामना दिएका थिए

बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बजार अव्यवस्थित रहेकाले गुरुयोजना मार्फत बजारलाई आधुनिक व्यवस्थित बनाउनुपर्ने धारणा राखे

बजार समाजसेवी रामबाबु प्रसाईले दिएको विगाह कठ्ठा क्षेत्रफलमा फैलिएको  

सम्बन्धित समाचार