२०८३ बैशाख २० गते , आईतबार

पत्रकारद्वय जोस्ना र विष्णु सम्मानित

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ५ गते , सोमबार
पत्रकारद्वय जोस्ना र विष्णु सम्मानित

बिर्तामोड नेवाः पासा मुना पुच बिर्तामोडले झापामा क्रियाशिल नेवा समुदायका दुई जना पत्रकारलाई सम्मान गरेको जोस्ना श्रेष्ठ विष्णु श्रेष्ठलाई नेवाः पासा मुना पुच बिर्तामोडले ३०औ साधारण सभाको अवसरमा सम्मान गरेको हो  

बिष्णु  एपी वान जोस्ना जन आन्दोलन डटकममा कार्यरत छिन्

नेवा भाषा  सस्कृति संरक्षणमा सञ्चारको माध्यमबाट भूमिका निर्वाह गरेको भन्दै  पत्रकारद्वयलाई प्रशंसा पत्रले सम्मानित गरिएको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताए

कार्यक्रमका प्रमुख अतिथि भाषाविद गणेश बज्रचार्यले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरेका थिए

कार्यक्रममा बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको सदस्य पदमा निर्वाचित माया प्रधान बिर्तामोड उद्योग बाणिज्य संघको सदस्य पदमा निर्वाचित संस्थाका अध्यक्ष दिनेश श्रेष्ठलाई पनि प्रमुख अतिथि बज्रचार्यले  प्रशंसा पत्र प्रदान गरेका थिए संस्थाको तर्फबाट बिर्तामोड उद्योग बाणिज्य संघको नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना दिएको थियो

कार्यक्रममा  संस्थाको सांगठानिक बार्षिक प्रतिवेदन अध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन कोषाध्यक्ष  शर्मिला शाक्यले प्रस्तुत गरेकी थिइन्  

सम्बन्धित समाचार