२०८३ बैशाख २० गते , आईतबार
आगलागीबाट तीन बालबालिकाको मृत्यु
भोजपुर । जिल्लाको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । आगलागीमा परि स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुुसार खेलिरहेका बालबालिकाहरु गोठबाट सल्किएको आगोको चपेटामा परेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली पठाइएको थियो ।