२०८३ बैशाख २० गते , आईतबार
कृषि बजार व्यवस्थापन समिति अध्यक्षमा निरज ओली निर्वाचित
बिर्तामोड । झापाको बिर्तामोड–५ मा रहेको कृषि बजार व्यवस्थापन समितिको अध्यक्षमा निरज ओली निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।
व्यवसायीहरुको तर्फबाट चुनिएका खगेन्द्र महतोलाई एक मतले पछि पार्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । समितिका सदस्यहरुमा खगेन्द्र महतो, पूर्णबहादुर खड्का, पार्वती चुडाल खतिवडा, पार्वता बजगाई र इन्द्रजित चौधरी रहेको वडाध्यक्ष रोहित प्रसाईले जानकारी दिए ।
यस अघि दुई पटक स्थगित भएको निर्वाचन प्रक्रिया शनिबार सम्पन्न भएको हो । यस अघि कृषक प्रतिनिधिको बिषयमा विवाद हुँदा निर्वाचन स्थगित भएको थियो ।