२०८३ बैशाख २० गते , आईतबार

नेपाल टेलिकमको टावरमा बम विस्फोट

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २ गते , शुक्रबार
नेपाल टेलिकमको टावरमा बम विस्फोट

सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विस्फोट भएको शुक्रबार बिहान करिब बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको हो

विस्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको तर टेलिकमको टावरमा भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए

बम विस्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटिएको थियो टोलीले नेपाल टेलिकमको टावर परिसर भित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईंमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको थियो

घटनाको थप अनुसन्धान भइरहेको विस्फोट गराउने मानिसहरुकोे खोजी जारी रहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार