२०८३ बैशाख २० गते , आईतबार

रुसी सेनामा भर्ती भएका झापाका गंगाराम अधिकारीसहित थप सात नेपालीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २ गते , शुक्रबार
रुसी सेनामा भर्ती भएका झापाका गंगाराम अधिकारीसहित थप सात नेपालीको मृत्यु

बिर्तामोड रुसी सेनामा भर्ती भएका थप सात जना नेपालीको मृत्यु भएको अवैधानिक माध्यमबाट रुसी सेनामा भर्ना भएका थप सात जना नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो

परराष्ट्र मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरी झापाका गंगाराम अधिकारी, धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नविन शाही, उदयपुरका पदमबहादुर घिमिरे, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको जनाएको मन्त्रालयले विज्ञप्तिमार्फत दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता पठाउन, मृत्यु भएकालाई रुसी सरकारबाट क्षतिपूर्ती उपलब्ध गराउन, घाइते भएकाहरुलाई उपचार गर्न त्यहाँ कार्यरत नेपालीलाई नेपाल पठाउन मन्त्रालयले रुसी सरकारलाई पुनः आग्रहसमेत गरेको

मन्त्रालयले सम्झौता भएका केहि मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा बाहेक विदेशी सेनामा भर्तीहुन नेपाल सरकारले अनुमति नदिने नीति रहेको मन्त्रालयले जनाएको सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति पेशाव्यवसायमा संलग्न भएका बाहेकलाई रुस यात्रा गर्नु परे नो अब्जेक्सन सर्टिफिकेट दिने व्यवस्था मिलाइएको पनि मन्त्रालयले जनाएको

 

सम्बन्धित समाचार