झापामा दुर्घटनाबाट ५३ जनाको मृत्यु
बिर्तामोड । झापामा सवारी साधन दुर्घटनामा परि ५३ जनाले ज्यान गुमाएका छन् । चालु आवको फागुन मसान्तसम्ममा ४४ जना पुरुष, ७ जना महिला र २ जना बालिकाले ज्यान गुमाएका हुन् ।
गत आवको सो अवधिमा ८५ जनाले ज्यान गुमाएका थिए ।
चालु आवको फागुन मसान्तसम्ममा ३ सय सोह्र वटा दुर्घटना भएको र ४ सय त्रिसठ्ठी वटा सवारी साधन संलग्न रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । सबै भन्दा धेरै २ सय अठासी वटा मोटरसाइकल दुर्घटनामा परेका थिए ।
सो दुर्घटनाबाट ९० जना पुरुष, १२ जना महिला २ जना बालक र ३ जना बालिका सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । त्यस्तै ३ सय छयासी जना सामान्य घाइते भएको उनले बताए । सबै भन्दा धेरै दुर्घटना साउन महिनामा भएको थियो । साउनमा ५५ वटा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।