२०८३ बैशाख २० गते , आईतबार
जामुनबारीको निर्वाचनका लागि समिति चयन
कनकाई । झापाको कनकाई १ र २ मा अवस्थित जामुनबारी सामुदायिक वन तथा जामुनखाडी सिमसार एवम् पर्यटकीय क्षेत्रको आगामी ३ वर्षे कार्यकालका लागि निर्वाचनको तयारी सुरु भएको छ । दधीराम पोखरेलको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिती गठन भएको छ।
सर्वदलीय बैठकले नेकपा एमालेको तर्फबाट ईन्द्र पुलामी (मगर) सचिव र सदस्यहरुमा नेपाली कांग्रेसका तर्फबाट गिता अधिकारी, भुवन खतिवडा र नेकपा माओवादी केन्द्रको तर्फबाट विनिता श्रेष्ठलाई निर्वाचन समितिमा चयन गरेको नेपाली कांग्रेस कनकाई वडा नम्बर १ का सभापति मनोज बस्नेतले जानकारी दिए ।
वन क्षेत्रको विधानमा वन नियमावली अनुसार केही संसोधन गर्नुपर्ने भएकाले सो संसोधन तत्कालै गराउने र त्यसको भोलिपल्टबाट २१ दिन भित्रमा निर्वाचन गराई नयाँ नेतृत्वलाई सम्पुर्ण जिम्मेवारी हस्तान्तरण गर्ने सहमति भएको बस्नेतले जानकारी दिए ।