२०८३ बैशाख २० गते , आईतबार

विद्यार्थीमाथि हातपात गर्ने होस्टल सञ्चालक पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ३० गते , बुधबार
विद्यार्थीमाथि हातपात गर्ने होस्टल सञ्चालक पक्राउ

झापा विराटनगर महानगरपालिका मधुमारास्थित मुनलाइट गल्र्स होस्टलकी सन्चालक मधु रेग्मी पक्राउ परेकी छिन् प्रहरीले उनलाई आज दिउँसो पक्राउ गरेको हो

मंगलबार साँझमा विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस बीएस्सी नर्सिङमा अध्ययनरत तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात गर्दै रेग्मीले दुव्र्यवहार गरेको आरोप उनले छात्रामाथि गरेको दुव्र्यवहारको भिडियो सामाजिक संचालमा भाइरल भएको थियो त्यसपछि पीडित छात्राले उजुरी दिएपछि रेग्मीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए पक्राउ परेकी रेग्मीलाई मोरङ प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्ने तयारी गरेको अहिले जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप गर्न लैजाने तयारी भइरहेको ,’ एसपी कार्कीले भने, ‘म्याद थप गरेपछि थप अनुसन्धान गर्नेछौं

होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि रेग्मीले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेकी थिइन् दुव्र्यवहारमा परेका विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा कन्चनपुर घर भएका विद्यार्थी हुन् उनीहरु उक्त होस्टेलमा फागुनदेखि बसिरहेका थिए उनीहरुले चैतसम्मका लागि अग्रिम हजार रुपैयाँ बुझाएका थिए कलेजकै होस्टेलमा बस्नेहरुको सूचीमा भर्खरै उनीहरुको पनि नाम निस्किएको थियो उनीहरू बुधबारदेखि कलेजको होस्टेलमा बस्ने तयारी गरेका थिए त्यसैले उनीहरु मुनलाइट गल्र्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए चैतसम्मको पैसा तिरिसकेको त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सञ्चालक मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप तीनतीन हजार रुपैयाँ मागेपछि उनीहरुले रकम नदिने बताएका थिए त्यसपछि होस्टेल सञ्चालकले हातपात गरेकी थिइन्

मधुले हातपात गरेपछि आत्तिएका विद्यार्थीहरुले कलेजमा सम्पर्क गरेका थिए त्यसपछि मंगलबार राति नै कलेज प्रशासनले ती विद्यार्थीहरुलाई आफ्नै होस्टलमा ल्याएर राखेको विराटनगर नर्सिङ कलेज प्रमुख मेनुका भण्डारीले छात्राहरुमाथि अमानवीय व्यवहार भएको बताइन् हिजो बेलुका हामीले विद्यार्थीलाई कलेजको होस्टलमा ल्याएका छौं,’ कलेज प्रमुख भण्डारीले भनिन्, ‘अमानवीय व्यवहारका भिडियो भाइरल भएको सञ्चालक विरुद्ध हामी कानुनी उपचार खोज्छौं

सम्बन्धित समाचार