कनकाईका विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण
कनकाई । झापाको कनकाई नगरपालिकाका एक दर्जन विद्यालयका छात्रछात्रालाई सचेतनामूलक प्रशिक्षण दिइएको छ । लाइन्स क्लब अफ सुरुङ्गाको आयोजना तथा इलाका प्रहरी कार्यालय सुरुङ्गाको सह–आयोजनमा कनकाईको वडा नं १ देखि ७ सम्मका विद्यालयका विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा डा. श्रद्दा भण्डारीले मनोपरामर्श, डा विरेन्द्र यादवले क्यान्सर सम्बन्धी र इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रविण भट्टराईले सामाजिक अपराध र लागुऔषध सम्बन्धी सचेतनामूलक प्रस्तुती दिएका थिए ।
लायन्स क्लब अफ सुरुङ्गाका अध्यक्ष सञ्जय गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि लायन्स डिस्ट्रिक गभर्नर विकास अधिकारी, झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, राष्ट्रिय अनुसन्धान झापाका उप–निर्देशक, लायन्स डिस्ट्रिक भाइस गभर्नर लिला चिमरिया रहेका थिए ।
क्लबको सभाहलमा आयोजित उक्त कार्यक्रममा कनकाई मावि, सरस्वती मावि जामुनबारी, भृकुटी मावि, चम्पापुर मावि चम्पापुर, पशुपति अंग्रेजी मावि सुरुङ्गा हरिकुल अंग्रेजी मावि सुरुङ्गा लगायत एक दर्जन विद्यालयका छात्रछात्रा, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, लाइन्सका प्रमुख तथा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको सन्चालन क्ल्वका पुर्व अध्यक्ष मनोज बस्नेतले गरेका थिए ।