२०८३ बैशाख २० गते , आईतबार

आज ग्याल्पो ल्होछार, राष्ट्रपति र उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २८ गते , सोमबार
आज ग्याल्पो ल्होछार, राष्ट्रपति र उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त

झापा आज ग्याल्पो ल्होछार२१५१ पर्व मनाइँदै शेर्पा उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होछार मनाउँदैछन्

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन्

ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा

शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ

आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ

ग्याल्पो ल्होछारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको

राष्ट्रपति उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होछारको अवसरमा शुभकामना दिएका छन्

राष्ट्रपति पौडेलले शुभकामना दिंदै ग्याल्पो ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव बन्धुत्वको भावना अभिवृद्धि हुने यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन्

यस्तै, उपराष्ट्रपति यादवले शुभकामना दिंदै  ग्याल्पो ल्होछार२१५१ले नेपालीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्

सम्बन्धित समाचार