२०८३ बैशाख २० गते , आईतबार

बाह्रदशीमा कार्यपालिका सदस्यले चढ्छन् सरकारी बाइक

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २७ गते , आईतबार
बाह्रदशीमा कार्यपालिका सदस्यले चढ्छन् सरकारी बाइक

बिर्तामोड स्थानीय तहमा चरम भ्रष्टाचार हुने गरेको समाचार बाहिर आइरहेको बेला झापाको बाह्रदशी गाउँपालिकामा सरकारी स्रोतको दुरुपयोग भइरहेको पाइएको सरकारी स्रोतसाधनको दुरुपयोग गर्दै बाह्रदशीका तीन जना कार्यपालिका सदस्यले गाउँपालिकाको मोटरसाइकल प्रयोग गर्ने गरेको पाइएको हो

गाउँपालिकाको नाममा रहेको मे ७५४, मे ७४९ मे ७५१ नम्बरको बजाज कम्पनीको १५० सीसीको मोटरसाइकल कार्यपालिका सदस्यहरु क्रमश पञ्चानन्द राजवंशी, लक्ष्मी अधिकारी मानबहादुर राजवंशीले  प्रयोग गर्दै आइएको पाइएको

गाउँपालिकाले सवारी साधन सञ्चालनसम्बन्धि कुनै निर्देशिका नबनाएको प्रमुख कार्यकारी अधिकृत जनार्दन निरौलाले जानकारी दिए पालिकामा सवारी साधन कसले प्रयोग गर्ने भन्ने निर्देशिका छैन, तर उहाँहरुले पहिलेदेखि नै प्रयोग गर्दै आउनु भएको रहेछ,’ उनले भने मापदण्ड बिना सुविधा दिँदा अन्य सदस्यहरुले पनि त्यो सुविधा माग गर्नुभयो भने दिन सकिन्छ ? भन्ने प्रश्नमा तत्काल दिन नसकिने अधिकृत निरौलाले बताए कार्यपालिका सदस्यले सवारी साधनको सुविधा लिने कुनै ऐनमा व्यवस्था नभएको उनले बताए  

उनीहरुले पालिकाबाट इन्धन सुविधासमेत लिने गरेको स्रोतले बतायो पालिका अध्यक्ष मोटरसाइकल प्रयोग गर्ने कार्यपालिका सदस्यहरुलाई यातायात खर्च बापतको रकम कट्टा गर्ने गरेको अधिकृत निरौलाले जानकारी दिए

पञ्चानन्द राजवंशी मानबहादुर राजवंशी मनोनित कार्यपालिका सदस्य हुन् भने लक्ष्मी अधिकारी वडा नम्बर का निर्वाचित सदस्य हुन्

वटा वडा रहेको बाह्रदशी गाउँपालिकामा जना मनोनितसहित १५ सदस्यीय कार्यपालिका रहेको

 

सम्बन्धित समाचार