२०८३ बैशाख २० गते , आईतबार

कनकाईमा सात महिला सम्मानित

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २६ गते , शनिबार
कनकाईमा सात महिला सम्मानित

कनकाई । झापाको कनकाई नगरपालिका वडा नम्बर ७ ले यहाँका ज्येष्ठ मातासहित सात जनालाई सम्मान गरेको छ ।
११४औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यहाँका तीन जना ज्येष्ठ माता, दुई जना महिला उद्यमी, एक महिला समूह र एक जना शिक्षासेवीलाई सम्मान गरेको हो । कार्यक्रममा ज्येष्ठ माताहरू पुण्यकुमारी पौडेल, मनमाया राय र नरमाया उप्रेतीलाई दोसल्ला र नगदसहित सम्मान गरिएको हो ।
त्यसैगरी पूर्व शिक्षिका मनकुमारी चुडाल, महिला उद्यमीद्वय मनिता चेम्जोङ, अम्बिका कुइँकेल र मखमली महिला समूहलाई सम्मान गरिएको छ । उनीहरुलाई प्रमुख अतिथि संविधानसभा सदस्य सुशीला कन्दङ्वा, वडाध्यक्ष भीष्म भुसाल सिटौला लगायतका अतिथिहरुले सम्मान गरेका थियो ।
कार्यक्रममा प्रमुख अतिथि कन्दङ्वाले महिला हकहितका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिइन । उनले महिलालाई संविधानले अधिकार दिए पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको बताइन ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष अनिरुद्र चापागाईं, संघीय लोकतान्त्रिक मञ्चका महेन्द्र कन्दङवा, ज्येष्ठ नागरिक संघका अध्यक्ष हरिप्रसाद सिवाकोटी, नगरस्तरीय बाल क्लबका अध्यक्ष अश्लेषा कडेल, सीता ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार