२०८३ बैशाख २० गते , आईतबार
झापाका पाँचसहित २६७४ जना शहिदको सुची सार्वजनिक
बिर्तामोड । सरकारले २ हजार ६ सय ७४ जना शहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ । विभिन्न समयमा ज्यान गुमाएकाहरु मध्ये पाँच जना झापाली रहेका छन् ।
पछिल्लो सूची अनुसार पाँच जना झापाली शहिदहरु राजेन्द्र पोखरेल दमक–७, विमला पाठक झापा–७, कर्णबहादुर गौतम मेचीनगर–१५, गणेश ढकाल र दिनेश चेम्जोङ शिवसताक्षी–१ रहेका छन् ।
नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले उक्त सुची सार्वजनिक गरेको हो ।
गत पुष २४ गतेको मन्त्रीपरिषदको निर्णय बमोजिम सरकारले ती शहिदहरुको नाम राजपत्रमा प्रकाशित गरेको हो ।
शहिदहरुको सूची हेर्न तलको लिंक क्लिक गर्नुहोस