२०८३ बैशाख २० गते , आईतबार

मेचीनगर लेडी जेसीजद्वारा विद्यालयका महिला सञ्चालक सम्मानित

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २४ गते , विहीबार
मेचीनगर लेडी जेसीजद्वारा विद्यालयका महिला सञ्चालक सम्मानित

बिर्तामोड मेचीनगर लेडी जेसीजले  मेचीनगरको शैक्षिक क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पुर्याउने चार विद्यालयका महिला सञ्चालकहरुलाई सम्मान गरेको जेसीजले मेचीनगर १० धुलाबारीस्थित इष्ट होराइजन अग्रेंजी माध्यमिक विद्यालयकी प्रशासन प्रमुख सावित्रा सापकोटा राई, मेचीनगर मा रहेको पशुपति बोर्डिङ स्कूलकी सञ्चालक अनिता थापा, मेचीनगर मा रहेको होलिबेल अंग्रेजी माध्यामिक विद्यालयकी सञ्चालक अमृता आङ्दाम्बे प्रधान मेचीनगर मा रहेको एभरेष्ट भ्यू अंग्रेजी माध्यमिक विद्यालयकी भाईस प्रिन्सिपल गोमा बुढाथोकीलाई सम्मान गरेको हो

जेसीजले ११४औं अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर धुलाबारीमा आयोजित एक कार्यक्रमका बिच बुधबार उनीहरुलाई सम्मान गरेको हो

सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अतिथी कोशी प्रदेश सभाकी सदस्य सविना बजगाईं बिशेष अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले सम्मान पत्र प्रदान गरेका थिए

सम्मानित हुनेहरुले विद्यालय शुरु गर्दा भोग्नु परेका चुनौती, समस्या बर्तमानमा सरकारले निजी विद्यालयहरुप्रति गरेको बेवास्ताका बारेमा आफ्ना अनुभव धारणा राखेका थिए उनीहरुले निजी विद्यालयले समाज राष्ट्रमा पुर्याएको योगदानको कदर गरेकोमा लेडी जेसीजलाई धन्यवादसहित आभार व्यक्त गरे

सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, मेचीनगर लेडी जेसीजकी संस्थापक सल्लाहकार लक्ष्मी राई, सञ्चारकर्मी अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए

जेसीजकी अध्यक्ष पवित्रा प्रसाईं विमलीको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वहरुको चर्चा सहसचिव सुष्मा राजवंशी, स्वागत कार्यकारिणी उपाध्यक्ष सकुन्तला खतिवडा, आस्था वाचन सर्मिला दाहाल सञ्चालन रेजिना श्रेष्ठले गरेका थिए मेचीनगर लेडी जेसीजले स्थापना कालदेखि नै विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको कार्यक्रममा आजीवन सदस्य सीता गुरुङ, पूर्व अध्यक्षहरु शोभा श्रेष्ठ, उषा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो

सम्बन्धित समाचार