२०८३ बैशाख २० गते , आईतबार
काठमाण्डौ जाँदै गरेको बस त्रिशुलीमा खस्दा ६ जनाको मृत्यु
झापा । कपिलवस्तुबाट काठमाण्डौ जाँदै गरेको बस धादिङको गजुरीस्थित गलौदीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस विहान ४:४१ बजे त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।
बस सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो ।
बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सन्तु जैसवालले जानकारी दिए ।
उद्धार गरिएकाहरूलाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ ।
प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।