२०८३ बैशाख २० गते , आईतबार
मोटरसाइकलको ठक्करबाट शम्भु कार्कीको मृत्यु
बिर्तामोड । झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–४ निवासी ५५ वर्षीय शम्भु कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोमबार साँझ ६ बजेको समयमा झापा गाउँपालिका–४ मंगलवारेस्थित हुलाकी राजमार्गमा शरणामतिबाट कुमारखोदतर्फ जाँदै गरेको मे ३ प ५९२१ नम्बरको मोटरसाइकलले पैदल यात्री कार्कीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।
घाइते कार्कीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । यता इलाका प्रहरी कार्यालय कुमरखोदले मोटरसाइकल र चालक झापा–१ निवासी ४५ वर्षीय पदमबहादुर राजवंशीलाई नियन्त्रणमा लिएको छ ।