२०८३ बैशाख २० गते , आईतबार

सुखानीको विशेषांक विमोचन सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २१ गते , सोमबार
सुखानीको विशेषांक विमोचन सम्पन्न

बिर्तामोड सुखानी सन्देशको विशेषाङ्कको विमोचन गरिएको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच उक्त विशेषाङ्क विमोचन गरिएको हो

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठकद्वारा प्रकाशित सुखानी सन्देशको उक्त विशेषाङ्क कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले विमोचन गरेका हुन् शहिद सप्ताहको अन्तिम दिनको अवसर पारेर विशेषांक विमोचन गरिएको हो

झापा विद्रोहसँग प्रत्यक्ष सम्बन्धित विभिन्न नेताहरूसहित शहिद परिवारका सदस्यहरू तथा उक्त घटनाका जानकारहरूको व्याख्या विश्लेषणलाई पुस्तकमा समेटिएको

सुखानी सन्देशले पहिलोपटक शहिद भूमि सुखानीलाई अजरअमर बनाउने ऐतिहासिक पात्रहरूको बलिदानी कृति जीवन्त राख्न झापा विद्रोहमा केन्द्रित रहेर उक्त विशेषांक प्रकाशन गरेको प्रकाशक राजु पाठकले जानकारी दिए

पुस्तकको विषयमा बोल्दै अग्रज पत्रकार मोहनकाजी न्यौपानेले पुस्तक यथार्थ परक रहेको एउटा ऐतिहासिक दस्तावेज भएको बताए उनले सुखानीको विषयमा यस अघिका कृतिहरुमा केही आशंका टिप्पणीहरू रहे पनि यस विशेषाङ्कमा यथार्थपरक लेखहरु समेटिएको बताए झापा विद्रोहलाई नक्सलवादी आन्दोलनको प्रभाव रहेको भन्ने आलोचनालाई समेत यस विशेषांकले चिर्ने काम गरेको उनको भनाइ थियो

२०२८ सालमा युवा कम्युनिष्टहरूले झापाको ग्रामीण क्षेत्रबाट सुरु गरेको किसान आन्दोलन जुन झापा विद्रोहको रुपमा परिचित तीनै युवा कम्युनिस्टहरुलाई तत्कालीन शासकले आन्दोलन दबाउने ध्येयले उक्त स्थानमा लगेर हत्या गरेको थियो

कार्यक्रमका बिच झापाका दर्जन बढी शहिद  तथा बेपत्ता परिवारका सदस्यहरुलाई सम्मानसमेत गरिएको थियो

एक सय ४० पृष्ठ रहेको उक्त म्यागजिनको तीन सय रुपैँया मुल्य तोकिएको

सम्बन्धित समाचार