२०८३ बैशाख २० गते , आईतबार

झापा गोल्डकपद्वारा पत्रकार उपचार कोषलाई आर्थिक सहयोग

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १९ गते , शनिबार
झापा गोल्डकपद्वारा पत्रकार उपचार कोषलाई आर्थिक सहयोग

बिर्तामोड । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई झापा गोल्डकपले आर्थिक सहयोग गरेको छ। अर्ना छैटौं झापा गोल्ड कपको उद्घाटनको अवसरमा कोषलाई गोल्डकपले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको हो ।
शनिबार बिर्तामोडस्थित डोमालाल रङ्गशालामा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीलाई चेक प्रदान गरे । पत्रकारहरूको उपचारका लागि स्थापना गरिएको कोषको रकम १ करोड नजिक पुगेको महासंघका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए।
गोल्ड कपलाई सफल बनाउन झापाली पत्रकारहरूले ठूलो सहयोग गरेको भन्दै अर्ना छैटौं गोल्डकपको प्रिइभेन्ट प्रेस मिटमा अध्यक्ष बस्नेतले उक्त रकम सहयोग गर्ने घोषणा गरेका थिए। 

सम्बन्धित समाचार