२०८३ बैशाख २० गते , आईतबार

अवैध सामाग्री भित्र्याउन खोज्दा झडप

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १९ गते , शनिबार
अवैध सामाग्री भित्र्याउन खोज्दा झडप

बिर्तामोड झापाको मेचीनगरमा सशस्त्र प्रहरी स्थानीयबीच शुक्रबार साँझ झडप भएको सशस्त्र प्रहरीले अवैध सामाग्री बरामद गरेको बिषयलाई लिएर झडप भएको हो

झडपमा दुवै तर्फ घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नं.  गण हेक्वा झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए घाइते स्थानीयहरुको बिर्तामोडस्थित विएण्डसी अस्पताल सशस्त्र प्रहरीको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको सुरुमा मनमोहन अस्पताल लगिएका घाइतेहरुको अहिले विएण्डसीमा उपचार भइरहेको

घाइते हुनेहरुमा १८ बर्षीय दिपक चौधरी२४ बर्षीया दिपा सरदार, ३५ बर्षीय हरी चौधरी, १७ बर्षीय बिशेषसिंह राजवंशी, १८ बर्षीय मिलन चापागाई, २२ बर्षीय आनन्द यादव रहेका छन् उनीहरु सबै मेचीनगर गैरीगाउँ निवासी हुन् उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको  

यता सशस्त्र प्रहरी बल नेपाल बिओपी सतिघट्टामा कार्यरत  गाडी चालक सशस्त्र प्रहरी सहायक हवल्दार  ३५ बर्षीय दुर्गाचन्द्र बस्नेत घाइते भएका छन्   उनको बाँया हातको औँलामा चोट लागेको

अवैध रुपमा भारतीय सामाग्री नेपाल भित्र्याउने क्रममा सशस्त्र प्रहरीले स्थानीयको सामान पक्राउ गरेपछि सशस्त्र प्रहरीमाथि स्थानीयले हमला गरेको आत्मरक्षाको क्रममा घटना भएको सशस्त्र प्रहरी उपरीक्षक राईले बताए सशस्त्रले सामान बरामद गरेर गाडीमा ल्याउने क्रममा स्थानीयले आक्रमण गरे,’ उनले भने, ‘थोरै संख्यामा गाडीमा भएका सशस्त्रमाथि आक्रमण भयो, घाइते प्रहरीको आज बजे अपरेशन आक्रमणकारीले प्रहरीले बरामद गरेको सामान लिएर गएको उनले बताए  

सशस्त्र प्रहरी निरीक्षक गणेश श्रेष्ठ नेतृत्वको टोलीले अवैध रुपमा ल्याउँदै गरेको लाख २० हजार मुल्यको कपडा बरामद गरेको सो क्रममा सामान्य विवाद भएपछि बिओपी सतिघट्टाबाट सप्रनि हरिप्रसाद रिमालको मोबाइल टोली गएर सो बरामद सामान ल्याउने क्रममा करिब ५० जनाको संख्यामा रहेका स्थानीय तस्करले घरेलु हातहतियारसहित प्रहरीमाथि सांघातिक आक्रमण गरेको प्रहरीले जनाएको आक्रमणको क्रममा प्रहरीको गाडीमा समेत क्षति पुगेको बताइएको  

खुला सीमानाको फाइदा उठाउँदै कारोबारीले भारतीय सामाग्री अवैध रुपमा नेपाल भित्र्याउने गरेका छन् बेलाबेला उनीहरुको सशस्त्र प्रहरीसँग झडप हुने गरेको  

सम्बन्धित समाचार