२०८३ बैशाख २० गते , आईतबार

प्रतिवद्धता कार्यान्वयन गर्ने भनाई

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १८ गते , शुक्रबार
प्रतिवद्धता कार्यान्वयन गर्ने भनाई

बिर्तामोड । गत फागुन १४ गते सम्पन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यवसायीक प्यानलबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले व्यवसायीक हितमा काम गर्ने प्रतिवद्धता दोहोर्याएका छन् ।
स्वतन्त्र व्यवसायीक प्यानलबाट विजयी बनेका बरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे (राजु)ले नितान्त व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाउँदै घरबहाल सम्बन्धी समस्या समाधानका लागि पहल शुरु गरेको बताए । निर्वाचनताका प्यानलले अघि सारेका २९ बुँदे प्रतिवद्धता प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जाने उनको भनाई छ ।
त्यस्तै जनसम्पर्क उपाध्यक्षमा निर्वाचित गोमा भट्टराईले निर्वाचनमा जाँदा आस्था बोकेका दलको सहयोग भएपनि निर्वाचन सकिएसंगै राजनीतिक रंगपनि सकिएको बताइन् । अब व्यवसायीक हकहित र अधिकारका लागि काम गर्ने बताउँदै भट्टराईले मतदाताको मतको सम्मान गर्दै व्यवसायीका समस्या समाधानमा सदैव तत्पर रहने बताइन् ।
त्यस्तै कोषाध्यक्षमा निर्वाचित युवराज निरौलाले आर्थिक पारदर्शिता र व्यवसायीक हितमा काम गर्ने बताउँदै आर्थिक मन्दीले थलिएको व्यापार व्यवसायलाई माथि उठाउन आफू सदा तत्पर रहने प्रतिवद्धता जनाए ।
कुनै बेला प्रतिपक्षी विहिन रहेको बाणिज्य संघमा एउटै आस्थाका व्यापारीहरु दुई प्यानल भएर निर्वाचनमा सहभागि हुने गरेको बताउँदै कोषाध्यक्ष निर्वाचित निरौलाले निर्वाचन एउटै आस्थाका व्यापारीलाई एकठाउँमा उभ्याउनुका साथै सोचेजस्तो परिणाम नआएपनि निर्वाचन उपलब्धीमुलक भएको ठहर गरे ।
निर्वाचन सम्पन्न गराउन सहयोग गर्नेलाई धन्यवाद दिनका लागि आयोजित पत्रकार भेटघाटमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु केदार खनाल, शत्रुधनप्रसाद गुप्ता र शुष्मा उप्रेतीको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार