२०८३ बैशाख २० गते , आईतबार

दुर्गा प्रसाईको कटाक्ष : एमालेको डीएसपी र कांग्रेसको सीडीओ चाँहिदैन

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १६ गते , बुधबार
दुर्गा प्रसाईको कटाक्ष : एमालेको डीएसपी र कांग्रेसको सीडीओ चाँहिदैन

बिर्तामोड विभिन्न अभिव्यक्तिका कारण चर्चामा आइरहने मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अभिव्यक्ति दिएका छन् मंगलबार बिर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईले असार १५ गते दुर्गा प्रसाईको नेतृत्वमा सरकार गठन गर्ने बताएका हुन्

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानले आज बिर्तामोडमा गरेको कार्यक्रममा बोल्दै प्रसाईले व्यवस्था परिवर्तन गर्ने बताउँदै आगामी असार १५ गते आफ्नो नेतृत्वमा सरकार गठन गर्ने बताए अहिलेसम्मका सरकारले जनतालाई ठग्ने बाहेक अरु केहि नगरेको आरोप लगाउँदै प्रसाईले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने लघुवित्त तथा मिटरव्याज पिडीतलाई मुक्ति दिलाउने बताए

कार्यक्रमको बिषयलाई लिएर इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी झापाका प्रमुख जिल्ला अधिकारीले कुरा उठाएको भन्दै प्रसाईले उनीहरु प्रति कटाक्ष गरे माथिको आदेशभन्दै कार्यक्रमस्थल हटाउन यहाँको डीएसपी आएछन्, मैले भनें यो सडक नागरिकको हो, जाने बेला निहुँ नखोज्नुहोस मैले भ्रष्टहरुको नाम सार्वजनिक गर्ने भनेको थिएँ सीडीओले महान व्यक्तिहरुको नाम सार्वजनिक नगर्नुहोस भने, पछि बुझेको उनी नेपाली कांग्रेसको मान्छे पो रहेछन् यस्ता एमालेको डीएसपी, कांग्रेसको सीडीओ चाँहिदैन,’ उनले भने

प्रसाईले प्रधानमन्त्री भए भने पहिलो भ्रमण दुवै साउदीमा गरेर घुँडा टेकेर सबै मान्छेलाई फिर्ता लिएर आउनेसमेत बताए

मारवाडी व्यवासीप्रति आक्रोशित देखिएका प्रसाईले भ्रष्ट मारवाडीहरु भन्दै अरुण सराफ, वरुण सराफ, दीपक मल्होत्रा, बिनोद चौधरी, अरुण चौधरी, पवन गोल्यान, विष्णु अग्रवाल, श्रवण गोयल, चन्द्र गोयल, गोविन्दलाल संघाई, गोविन्द सरिया, मनोज केडिया शेखर गोल्छाको नाम सार्वजनिक गरे

उनले देश कंगाल बनाउने व्यक्तिहरु भन्दै दीपक भट्ट, पुरुषोत्तम पौडेल, सुहृद  घिमिरे उपेन्द्र महतोको नाम सार्वजनिक गरे

त्यस्तै भ्रष्ट तस्कर भन्दै माओवादीबाट वर्षमान पुन, कृष्ण बहादुर महरा, राहुल महरा, दिपेश पुन एमालेबाट महेश बस्नेत, विष्णु रिमाल, गोकुल बास्कोटा, विष्णु पौडेल कांग्रेसबाट आर्जु राणा, गगन थापा, कृष्ण सिटौला, सुजाता कोइराला रुबेल चौधरीको नाम सार्वजनिक गरे उनले दोश खोक्रो पार्ने तस्कर भन्दै महाप्रसाद अधिकारी देश कंगाल पार्ने तस्कर भन्दै कनकमणि दिक्षितको नाम सार्वजनिक गरे

नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालप्रति नरम देखिएका प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी ओली एमाले नेता महेश बस्नेतप्रति कडा रुपमा प्रस्तुत भएका थिए

अरबौँ रुपैँया बैंकबाट ऋण लिएका प्रसाईले लघुवित्त सहकारीलाई गाउँमा छिर्न नदिन भन्दै सर्वसाधारणलाई उक्साएका थिए

सम्बन्धित समाचार