२०८३ बैशाख २० गते , आईतबार

दोस्रो चरणको पीसीटीपी सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १५ गते , मंगलबार
दोस्रो चरणको पीसीटीपी सम्पन्न

बिर्तामोड । अटिजम भएका बालबालिकाका अभिभावकहरुका लागि दिइने प्यारेण्ट चाइल्ड ट्रेनिङ प्रोग्राम (पीसीटीपी)को दोस्रो चरण सम्पन्न भएको छ । साढे दुई महिना अघि बिर्तामोडमा सुरु भएको उक्त कार्यक्रम सोमबारबाट सम्पन्न भएको हो ।

न्याय र विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी)द्वारा अष्ट्रेलियन दुताबासको आर्थिक सहयोगमा सञ्चालित उक्त ट्रेनिङमा सात जना सहभागी थिए । अटिजम भएका बालबालिकाहरुको बानीमा परिवर्तन ल्याउन तथा दैनिक जीवनमा सहजताका लागि अभिभावकहरुलाई तालिम आवश्यक हुने भएकाले कार्यक्रम सञ्चालन गरिएको एसएनजेडीका कार्यक्रम अधिकृत रञ्जन धमलाले बताए ।

कार्यक्रमका सहभागीहरुले अटिजमको बारेमा स्पष्ट ज्ञान हासिल गर्नुका साथै त्यस्ता बच्चाहरु सँग गर्ने व्यवहारका साथै उनीहरुलाई सिकाउने तरिकाको बारेमा सिक्न पाएको भन्दै आयोजकलाई धन्यवाद दिए । तालिमकी सहजकर्ता सिता भट्टराईले तालिम अवधिभर सिकेको कुरालाई दैनिक जीवनमा अवलम्बन गर्न आग्रह गरिन् ।

एसएनजेडीका अध्यक्ष सोमनाथ भट्टराईले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

एसएनजेडीले सन् २०२४ भर पीसीटीपी सञ्चालन गर्ने कार्यक्रम संयोजक कुमार चुँडालले जानकारी दिए ।  

सम्बन्धित समाचार