२०८३ बैशाख २० गते , आईतबार
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड । झापा गाउँपालिका वडा नम्बर ८ खाडीबस्तीमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय सागर मिश्रको मृत्यु भएको छ ।
सोमबार साँझ साढे ६ बजे घैलाडुब्बाबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको मे१त ११५१ नम्बरको ट्याक्टरले विपरित दिशातर्फ जाँदै गरेको प्र१–०१–०१३ प २५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ४५ बर्षीय मिश्र गम्भिर घाइते भएका थिए । मिश्रलाई उपचारका लागि बीएण्डसी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्याक्टर चालक बिर्तामोड ४ का ५७ बर्षीय कृष्णप्रसाद सुवेदीलाई इप्रका अनारमनीले नियन्त्रणमा लिएको छ भने मोटरसाइकल र ट्याक्टर इप्रका घैलाडुब्बाको नियन्त्रण रहेको प्रहरीले जनाएको छ ।