२०८३ बैशाख २० गते , आईतबार

अस्ताए ‘जहाँ छन् बुद्धका आँखा...’का गायक आचार्य*

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १५ गते , मंगलबार
अस्ताए ‘जहाँ छन् बुद्धका आँखा...’का गायक आचार्य*

बिर्तामोड बरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको आचार्यको ८२ बर्षको उमेरमा सोमबार निधन भएको हो आचार्यको सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो

भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेको संगीतकार चेतन सापकोटाले बताए

संगीतकार हरि लम्सालका अनुसार अपराह्न साढे बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज लम्सालले उनलाई मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो गत दशैंमा लडेर उनको टाउकोमा चोट लागेको थियो

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी

१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् उनले भजन पनि दर्जनौंको संख्यामा गाएका छन् आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन्

आचार्यको निधनप्रति संगीतकर्मी, सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्

सम्बन्धित समाचार