२०८३ बैशाख २० गते , आईतबार
संसद भवन छिरेका दर्जनौँ लघुवित्त पिडित पक्राउ
काठमाण्डौ । निषेधित क्षेत्र तोडेर काठमाण्डौको बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेको आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।
संसद भवनमा प्रवेश गरेको आरोपमा ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाण्डौका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
निषेधित क्षेत्र तोड्न खोजेका कारण उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।