२०८३ बैशाख २० गते , आईतबार
खाना खाएर सुतेका राजवंशी मृत भेटिए
बिर्तामोड । नगरको वडा नम्बर २ साङ्गवेद टोलमा एक व्यक्ति मृत भटिएका छन् । अर्जुनधारा ५ का ४१ बर्षीय लबलाल राजवंशी मृत भेटिएका हुन् ।
आइतबार दिउँसो साढे १२ बजे खाना खाएर सुतेका राजवंशी ५ बजे मृत फेला परेका हुन् । साङ्गबेद टोलमा आफ्नै काका मलिकलाल राजवंशीको घर निर्माणमा सहयोग गर्न आएका लबलाल दिउँसो खाना खाएर सुतेको र लामो समय नउठेपछि आफन्तले हेर्दा सुतेकै स्थानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साँझ ७ः३० बजे कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिप्रकाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।