२०८३ बैशाख २० गते , आईतबार

उद्योग वाणिज्य क्षेत्रमा रोजगारी सिर्जना गर्न पहल गर्छु : चन्द्रा भट्टराई

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १३ गते , आईतबार
उद्योग वाणिज्य क्षेत्रमा रोजगारी सिर्जना गर्न पहल गर्छु : चन्द्रा भट्टराई

बिर्तामोड विभिन्न उतारचढाव व्यहोरिरहेको उद्योग वाणिज्य क्षेत्रमा लामो समय टिकिरहनु, आफू मात्र होइन अरुलाई पनि रोजगारी दिनु चानचुने कुरा होइन चन्द्रादेवी भट्टराई त्यस्तै एउटी पात्र हुन्, जो आफू मात्रै आत्मनिर्भर छैनन्, अरुलाई पनि आत्मनिर्भरताको बाटोमा हिँडाउन सफल भएकी छन्

बिर्तामोड उद्योग वाणिज्य सङ्घको फागुन १४ गते हुने निर्वाचनमा अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलबाट खुला सदस्यमा उम्मेदवारी दिएकी भट्टराईले झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेन्डमा दीपश्री खाजा घर सञ्चालन गर्दै आएकी छन्

लामो समयदेखि होटल व्यवसायको क्षेत्रमा क्रियाशील रहेकी उनी व्यापार व्यवसायमा महिलाहरूको सहभागिता बढाउँदै लैजानुपर्ने मान्यता राख्छिन् सानोतिनो व्यापार व्यवसाय गरेर पारिवारिक दायित्व पूरा गर्दै आएका महिलाहरूलाई थप आत्मनिर्भर हुने गरी उद्योग वाणिज्य संघले अवसरहरू सिर्जना गर्नुपर्ने भट्टराईको धारणा

महिलाहरूमा सीप तथा क्षमताको विकास गरी उनीहरूलाई उद्यम व्यवसायमा स्थापित गर्दै लैजाने दृढ अठोट इच्छाशक्तिका कारण आफूले स्वतन्त्र व्यावसायिक प्यानलका तर्फबाट खुला सदस्यमा उम्मेदवारी दिएको भट्टराईले बताइन्

व्यापार व्यवसायमा लामो समय जमेकी भट्टराई दिदीबहिनीहरुलाई सीपमूलक तालिममार्फत उद्यमी बनाउने आत्मनिर्भर बनाउन सकिनेमा विश्वस्त छिन् नेपाल उद्यमशील महिला संघकी सचिव रहेकी भट्टराईले बिर्तामोडका थुप्रै सामाजिक संघसंस्थाको नेतृत्व गरेकी छन्

आमा समूहमा रहेर महिला दिदीबहिनीहरूलाई संगठित गर्ने, उनीहरूका समस्यामा बोल्ने, व्यावसायिक हुन प्रोत्साहन प्रेरित गर्ने लगायतका भूमिकामा भट्टराईको निरन्तर योगदान रहँदै आएको

लायन्स क्लब अफ बिर्तामोड लेडीकी थर्ड उपाध्यक्ष भट्टराई ऊर्जाशील रामधुनी आमा समूहकी सदस्य छिन् सिद्धिविनायक भजन कीर्तन मण्डलीकी पूर्व सचिव भट्टराईले बिर्तामोडमा व्यापार व्यवसाय गरेको २० वर्ष बितिसकेको उनले अहिले पनि सात जनालाई रोजगारी दिँदै आएकी छन्

साना व्यवसायीमाथि हुने गरेको थिचोमिचोविरुद्ध वाणिज्य संघले आवाज उठाउन नसकेको भट्टराईलाई महसुस भएको व्यवसायीका नीतिगत समस्यामा वाणिज्य सङ्घको नेतृत्व बोल्न नसकेको चौतर्फी गुनासोका बीच आफू चुनावी मैदानमा होमिएको भोलि निर्वाचित भएर गएपछि सङ्घको नेतृत्वलाई आफूले अगाडि सारेका व्यवसायिक मुद्दाहरूमा कन्भिन्स गर्ने क्षमता रहेको उनी बताउँछिन्

नगरभित्र देखिएका समस्या समाधानका लागि स्थानीय सरकारलाई मात्रै जिम्मेवार ठान्न नहुने भट्टराईको बुझाइ व्यावसायिक क्षेत्रको हित, संरक्षण सुरक्षाका लागि लड्ने नेतृत्व भनेकै स्वतन्त्र व्यावसायिक प्यानल भएको भट्टराईको दाबी उनले खुला प्रतिस्पर्धाको माध्यमबाट सङ्घको नेतृत्वमा आफूलाई मतदान गरी विजयी गराउन बिर्तामोडका आम उद्योगी, व्यवसायीलाई सार्वजनिक रुपमा अपिल पनि गरेकी छन्

सम्बन्धित समाचार