२०८३ बैशाख २० गते , आईतबार

संघीयता सवल रुपमा कार्यान्वयन हुन्छ : प्रधानमन्त्री दाहाल

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १२ गते , शनिबार
संघीयता सवल रुपमा कार्यान्वयन हुन्छ : प्रधानमन्त्री दाहाल

सिराहा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले संघीयता कार्यान्वयनमा विशेष ध्यान दिएको बताएका छन्

सिरहाको सिरहा नगरपालिका१३ मल्हनिया धनुषाको जनकनन्दिनी गाउँपालिका कठाल जोड्ने झोलुंगे पुलको उद्घाटन गर्दै उनले अब संघीयता सबल रूपमा कार्यान्वयन हुने बताए

केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन कर्मचारीसम्बन्धी ऐन पनि कार्यान्वयनमा आउनेछ, प्रधानमन्त्री दाहाल भने

नेपालको भूगोलअनुसार झोलुङ्गे पुलको महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशका विभिन्न स्थानमा झोलुङ्गे पुलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताए

निर्माण सम्पन्न भएको पुलले धनुषा सिरहाका जनतालाई राहत र्पुयाएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रबर्धनमा सहयोग र्पुयाउने विश्वास व्यक्त गरे

प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने जनाए नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर लामो पुल हो

सम्बन्धित समाचार