२०८३ बैशाख २० गते , आईतबार

को हुन् कोषाध्यक्ष पदका उम्मेदवार दिपक मित्तल

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १२ गते , शनिबार
को हुन् कोषाध्यक्ष पदका उम्मेदवार दिपक मित्तल

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्बाचनका लागि कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका दिपक मित्तल आफूलाई दर्बिला उम्मेद्वारका रुपमा उभ्याउन सफल भएका छन् । बिर्तामोड नगरमा सञ्चालित व्यवसायमा बिर्तामोड नगरपालिकाले दोहोरो कर लगाएको भन्दै त्यसको विरोधमा रहेका मित्तलले  आम व्यवसायीको साथ पाएसंगै आफूलाई दर्बिला उम्मेद्वारका रुपमा उभ्याउन सफल भएका हुन् ।

बिर्तामोडमा लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका दिपक आफैंमा सफल युवा व्यवसायी हुन् । अमृतभोग स्विट्स एण्ड स्न्याक्स सञ्चालन गरिहेका उनी बिर्तामोड उद्योग वाणिज्य संघमा सदस्य पदमा रहेर काम गरिसकेका छन् ।

यस पटक फागुन १४ मा हुन लागेको निर्वाचनमा समेत सबै व्यवसायीको साथ पाएका उनी कोषाध्यक्ष पदका लागि तयारी गरेका छन् । लोकतान्त्रिक व्यवसायीक समूहका तर्फबाट उम्मेद्वार बनेका उनी अहिले आम मतदाताकहाँ मतसंगै जीतको शुभकामना र आशिर्वाद लिन व्यस्त छन् ।

युवादेखि वृद्ध सबै व्यवसायीका प्रिय प्रात्र बनेका उनी व्यवसायीको हक अधिकारका लागि लडिरहने भएकाले पनि सबैका प्रिय भएको बताइन्छ । इमान्दारितालाई मुख्य प्राथमिकतामा राख्ने दिपक व्यवसायीलाई अप्ठ्यारोमा सँधै साथ दिने व्यवसायी हुन् ।

अहिले व्यवसायमा आएको गिरावटका कराण व्यवसायी हतोत्साही बनेका छन् उनीहरुलाई कसरी टिकाउन सकिन्छ भन्ने चिन्ताले आफूलाई पिरोल्ने गरेको उनको भनाई छ । व्यवसायीमाथि परेका बैंकिङ समस्या, करमा आउने अनेकौं उल्झन लाई निराकरण गर्न उनको साथ हरेक व्यवसायीले लिने गरेको स्थानीय व्यवसायी बताउछन् । सरल र मिजासिलो स्वभावका उनी व्यवसायीक एकतामा जोड दिने गर्छन् ।

आफू मारवाडी समुदायको भएर पनि सबैसँग समान व्यवहार र टिमवर्कमा काम गर्न रुचाउने भएकाले पनि उनको चर्चा आम व्यवसायी बीचमा हुने गरेको छ ।

रेडिमेन्ट, गार्मेट व्यवसाय सञ्चालन गर्दै विगत १५ वर्षदेखि निरन्तर व्यवसाय सञ्चालन गरिरहेका उनी हाल अमृत भोकका सञ्चालक हुन् । उनी विभिन्न सामाजिक संघ संस्थामा समेत काम गर्नै आइरहेका छन् । मारवाडी युवा मञ्चमा रहरे उनले समुदाय स्तरमा धेरै सामाजिक काम गरेका छन् । जसका कारण उनको चार्चा चुलिएको हो ।

नेपाल राष्ट्रिय मारवाडी संघको क्षेत्र क सभापति , राउण्ड टेवल बिर्तामोड २७ को सदस्य, मारवाडी सेवा समिति बिर्तामोडको सचिव समेत रहेका उनी  नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको सदस्य छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघमा आफू कोषाध्यक्ष पदमा निर्वाचित भएसंगै कोषलाई थप मजवुद बनाउने र साना÷ ठूला व्यवसायीलाई हितकारी कार्यक्रम सञ्चालन गर्ने उनको लक्ष्य छ ।

सम्बन्धित समाचार