२०८३ बैशाख २० गते , आईतबार

यस्तो छ युवा व्यवसायी चापागाईँको भनाई

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १२ गते , शनिबार
यस्तो छ युवा व्यवसायी चापागाईँको भनाई

बिर्तामोड स्वतन्त्र व्यावसायिक प्यानलबाट बिर्तामोड उद्योग वाणिज्य सङ्घको निर्वाचनमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवार व्यवसायमा जमेका युवा उद्यमी छन् व्यवसायमा लगानी गर्ने, अरुलाई रोजगारी दिने व्यवसायिक क्षेत्रलाई गतिशील प्रभावकारी बनाउने प्रयासमा उनीहरू लागेको देखिन्छ

व्यवसायमा जसरी युवा पुस्ताको बाहुल्यता बढ्दैछ, त्यसैगरी सङ्घको नेतृत्वमा पनि स्थापित युवा व्यवसायीलाई निर्वाचित गराउनुपर्छ भन्ने पक्षमा आम व्यवसायी देखिएका छन् अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलबाट वाणिज्य सचिवमा उम्मेदवारी दिएका कृष्णप्रसाद चापागाईं व्यावसायिक क्षेत्रका सशक्त युवा हुन्

बिर्तामोडको न्यू नवज्योति सप्लायर्स, सिटी कम्युनिटी एजुकेशन कम्युनिटी ट्रेनिङ सेन्टरका सञ्चालक तथा सह सञ्चालक चापागाईं बिर्तामोडको व्यावसायिक विकासका लागि उद्योग वाणिज्य सङ्घले अग्रसरता लिन सक्नुपर्ने बताउँछन् १० वर्ष कोरियामा बसेर स्वदेशमा नै केही गर्नुपर्छ भन्ने दृढ इच्छाशक्ति मान्यताका कारण बिर्तामोड फर्किएर व्यवसायमा संलग्न भएका चापागाईंले यस क्षेत्रको आर्थिक विकास रूपान्तरणका लागि युवाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए

वाणिज्य तथा व्यापारका क्षेत्रमा अनगिन्ती सम्भावनाहरू रहेको देखेका चापागाईं व्यावसायिक सुरक्षाको प्रत्याभूति हुन सके लगानीका लागि समस्या नपर्ने धारणा राख्छन् व्यवसायिक क्षेत्रमा देखिएका अनेकथरी समस्या चुनौतीले लगानी नै डुब्ने हो कि भन्ने खतरा हुँदा धेरै उद्योगी व्यवसायी पलायनको स्थितिमा पुगेकोप्रति सरकार व्यवसायिक क्षेत्रका अगुवाको ध्यान जानुपर्ने उनले बताए

पूर्वको व्यापारिक सहर बिर्तामोड सम्साँझै बन्द हुन्छ पूर्वपश्चिम राजमार्गको दायाँबायाँ फैलिएको बजार यति छिट्टै बन्द हुनु व्यावसायिक क्षेत्रका लागि दुर्भाग्यको विषय हो रात्रिकालीन बजार व्यवस्थापनका लागि सुरक्षा स्थानीय प्रशासनसँग समन्वय गरेर अगाडि बढ्न सकिने वाणिज्य सचिवका उम्मेदवार चापागाईं बताउँछन् यसै पनि नेपालमा कर प्रणाली झन्झटिलो यसलाई सरलीकृत गर्दै करका दरमा हेरफेर गर्न सकिए मात्र व्यावसायिक क्षेत्रले गति लिने अपेक्षा गर्न सकिन्छ भन्ने मान्यता चापागाईंको व्यवसायिक क्षेत्रले भोगेको अर्को समस्या चन्दा चिठ्ठाको हो यो समस्याबाट बिर्तामोडका उद्योगी व्यवसायी निरन्तर पीडित प्रभावित हुँदै आएका छन् यस विषयमा वाणिज्य सङ्घले पर्याप्त रुपमा आवाज उठाउन नसकेको चापागाईंको ठहर व्यवसायिक क्षेत्रमा हुने बन्द हड्तालले व्यापार व्यवसाय प्रभावित हुँदा त्यसले समस्या निम्त्याउनेतर्फ सचेत हुनुपर्ने बताउँदै चापागाईंले बिर्तामोडलाई बन्दमुक्त सहरका रुपमा स्थापित गर्नुपर्ने बेला भइसकेको यसलाई आफूले प्रमुख एजेन्डाका रुपमा उठाउने दृढता व्यक्त गरे सहरी शोभाका रूपमा सडक बत्ती व्यवसायिक सुरक्षाका लागि सिसी क्यामेरा जडानमा वाणिज्य सङ्घले प्रभावकारी पहल गर्नुपर्ने विद्यमान परिस्थितिका बीच वाणिज्य सचिवका उम्मेदवार चापागाईले यसमा आम व्यवसायीको सहयोग सहभागिता सुनिश्चित गर्दै वित्तीय अपराध हुन नदिन सबैले एकजुट हुनुपर्ने आवश्यकता पनि औँल्याएका छन्  

व्यावसायिक क्षेत्रका नीतिगत मुद्दामा बहस पैरवी गर्न, तर्क धारणा राख्न, आम उद्योगी व्यवसायीका समस्या समाधानका लागि पहल प्रयत्न गर्न आफू दृढतापूर्वक चुनावी प्रतिस्पर्धामा उत्रिएको चापागाईं बताउँछन् विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्थामा बसेर काम गरेको अनुभवका बीच उनी बिर्तामोड उद्योग वाणिज्य सङ्घको निर्वाचन लड्न तयार भएका हुन्

अन्तर्राष्ट्रिय झापाली समाजका पूर्व उपाध्यक्ष रहिसकेका चापागाईं अहिले विभिन्न स्थानीय सामाजिक संघसंस्थामा क्रियाशील छन् झापाली समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष चापागाईंले अरु संघ संस्थामा रहेर काम गरेको आफ्नो अनुभवलाई बिर्तामोडको उद्योग वाणिज्य क्षेत्रमा साट्न चाहेका छन्

स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोच राखेर फर्किएको एउटा युवालाई बिर्तामोडका आम उद्योगी व्यवसायी मतदाताले निराश बनाउँदैनन् भन्नेमा चापागाईंको विश्वास मतदाताको मन मत जितेर वाणिज्य सचिवका रुपमा काम गर्ने इच्छाशक्ति देखाएका चापागाईंले युवाहरुलाई आत्मनिर्भर बनाउने अभियानमा समेत उल्लेख्य भूमिका खेलेका छन्

सम्बन्धित समाचार