२०८३ बैशाख २० गते , आईतबार

दुख देखाएर पैसा लगे, फिर्ता माग्दा उल्टै धम्क्याए

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १२ गते , शनिबार
दुख देखाएर पैसा लगे, फिर्ता माग्दा उल्टै धम्क्याए

सुरुङ्गा   झापाको कनकाई नगरपालिका की उमादेवि गौतम घनिष्ठ सम्बन्ध बनाएका व्यक्तिले लाखौँ कुम्ल्याएर फिर्ता नगरेपछि मानसिक तनावमा छिन् लामो समयदेखि पारिवारीक सम्बन्ध बनाएका कनकाई का विकास बुढाथोकी उनकै साला नाता पर्ने कनकाई का दिनेश भनिने सिंहबहादुर बस्नेतले लाखौँ रकम लगेर फिर्ता नगरेपछि गौतमले आफु मानसिक आर्थिक तनावमा परेको शुक्रबार घरमै पत्रकार सम्मेलन गरी बताएकीहुन्

आफु जमानी बसेर पैसा गराइदिएको व्यक्तिलाई गौतमले श्रीमानको नाममा भएको जग्गा दिएको तर आफ्नो पैसा बुढाथोकी बस्नेतले फिर्ता नगरेपछि पारिवारिक अवस्था नै बिग्रन लागेको गौतमले गुनासो गरिन्   बुढाथोकी बस्नेतले पटक पटक गरी साढे तेइस लाख रुपैँया विभिन्न बहानामा लगेर हालसम्म पनि फिर्ता नगरेको गौतमको गुनासो आफुले १० लाख रुपैँया स्थानीय मंगलीमाया सार्कीसँग मागेर बस्नेतलाई दिएको तर पैसा लिएर बस्नेत सम्पर्कविहिन बनेपछि सार्कीलाई गौतमले श्रीमान सालिकराम कार्कीको नाममा साबिक सुरुङ्गा मा रहको कि नं. २४९२ को कठ्ठा जग्गा दिएको बताइन्

विभिन्न दुख देखाएर बुढाथोकी बस्नेतले पैसा मागेको तर फिर्ता गर्न आग्रह गर्दा बुढाथोकीले कानुनी जटिलता देखाएर धम्क्याउने गरेको गौतमको आरोप शुरुका केहि समय बुढाथोकीले व्याजसमेत दिएको उनले बताइन् बस्नेत  फरार भएपछि पैसा फिर्ता गर्नुपर्छ भनेर दबाब दिँदा बुढाथोकीले जग्गा पास गरिदिने उनकी साली सपना कार्की बस्नेतले जग्गा बेचेर पैसा दिने बताएपनि पछिल्लो समय मानिसहरुको उक्साहटमा लागेर उनीहरुले अदालत जान भन्दै धम्क्याउने गरेको गौतमको भनाई लिखत वडा कार्यालयमा प्रमाणित गराउनु पर्छ भन्ने ज्ञान नभएको पारिवारिक सम्बन्ध भएका व्यक्तिले अहिले यस्तो गर्छ भन्ने अनुमान नलगाएका कारण अहिले आफुले दुख पाएको गौतमको गुनासो   

यस्तो घटनाक्रम  

व्यवसायको क्रममा बुढाथोकी गौतम परिवार नजिक भए विभिन्न पारिवारिक जमघटमा आउजाउ हुन थाल्यो दुवै परिवार आपसमा नजिक बने एक दिन बुढाथोकीले आफ्नो सालाको लागि भन्दै गौतमसँग लाख रुपैँया मागे गौतमले पनि पारिवारिक निकटताका आधारमा घर सल्लाह नै नगरी बुढाथोकीको पसलमै सात लाख रुपैँया पुर्याइन २०७५ जेठ १८ गते अन्यत्रको साहु तिर्न भनी सात लाख रुपैँया लगेको दमक नगरपालिका वडा नम्बर १५ मा रहेको किनं १२१३ को क्षेत्रफल ३३८.६३ क्षेत्रफलको जग्गाको धनीपुर्जा धितो स्वरुप दिएको सो जग्गा बिक्री पश्चात ऋण चुक्ता गर्छु भनी झापा गाउँपालिका वडा नम्बर ठेगाना उल्लेख गरेर साली सपना कार्कीले गरेको कागज विकास बुढाथोकीले गौतमलाई थमाए गौतमले यति नजिकको सम्बन्ध कागज पर्दैन भन्दापनि बुढाथोकीले पछि के हो कागज गरिराख्नु पर्छ भन्दै कागज थमाए तर कागजमा उल्लेख गरिएको धितो भनिएको धनीपुर्जा भने दिएनन् डेढ रुपैँयाका दरले बुढाथोकीले गौतमलाई व्याज तिर्दै गए एक बर्षपछि फेरी बुढाथोकीले कुखुरा पसल गर्छु भनी दुई लाख रुपैँया लगे त्यसको एक बर्षपछि सम्म व्याज निरन्तर तिरिरहे त्यहि बिचमा बुढाथोकीले साला सिंहबहादुर बस्नेतलाई समेत गौतम परिवारसँग नजिक बनाइसकेका थिए

जग्गा कारोबार गर्दै आएका बस्नेतले जग्गा बैना गर्न भनी १० लाख रुपैँया मागे मंगलीमाया विदेशमा हुँदा गौतमलाई निरन्तर पैसा पठाउँथिन उनले मंगलीमायाले राख्न दिएको पाँच लाख रुपैँया बस्नेतलाई दिइन् दुई महिनापछि मंगलीमाया बिरामी भएर विदेशबाट आइन् मंगलीमायाले आफुसँग केहि रकम भएको सो रकम व्याजमा लगाएर उपचार गर्ने योजना गौतमलाई सुनाइन् गौतमले सो रकम बस्नेतलाई दिन सकिने बताइन् बस्नेतले गौतममार्फत मंगलीमायाको १० लाख रुपैँया दुई रुपैँया व्याजदरले चुक्ता गर्ने  गरी २०७८ साल असोज २७ गते कागज गरेर एक बर्षका लागि लिए केहि समय पछि बस्नेत एकाएक फरार भए

बस्नेत फरार भएको खबर सुनेर गौतम दबाबमा परिन् बुढाथोकीको घर गइन् बुढाथोकीले शुरुमा आफुले लिइदिएको सात लाख रुपैँया फिर्ता गराइदिने तर अरु रकमको जिम्मा नलिने बताए समय बित्दै गएपछि गौतम थप तनाबमा आउन थालिन पैसा फिर्ता गर्न बुढाथोकीलाई दबाब बढाइन् बुढाथोकीले आफुले गौतमलाई जग्गा पास गरिदिने बताए वडा कार्यालय बोलाए वडा कार्यालय गएपछि बुढाथोकीले एकाएक बोली फेरे उनले आफु कागजमा साक्षीमात्र बसेका कारण पैसा नतिर्ने अडान लिन थाले

बुढाथोकीले गौतमलाई त्यहि बिचमा सालाको घरमा पुर्याएर साली सपना कार्की बस्नेतसँग कुराकानी गराए शुरुमा घर बेचेर पैसा फिर्ता गर्ने सपनाले आश्वासन दिइन् बरु घर किन्ने मानिस खोजिदिन आग्रह गरिन् पैसा फिर्ता गर्न दबाब बढेपछि सपनाले समेत पैसा फिर्ता नगर्ने बरु अदालत जान भनेर धम्क्याउन थालिन् गौतमले कानुनी उपचारका लागि पटक पटक प्रहरी चौकी सुरुङ्गा इलाका प्रहरी कार्यालय अनारमनी गइन् शुरु शुरुमा प्रहरीले बुढाथोकीलाई झिकाएर छलफल गराएपनि विस्तारै लेनदेनको केश भन्दै प्रहरी पछि हट्न थाल्यो उनले न्यायका लागि प्रमुख जिल्ला अधिकारीलाई समेत भेटिन् प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई न्यायका लागि पहल गरिदिन भने तरपनि गौतमले पैसा फिर्ता पाउन सकिनन्

यता गौतमले उपलब्ध गराएको विकास बुढाथोकीको मोवाइल नम्बर ९८१४०४२१३१ ९८२४९२९३३१ सम्पर्क बिहीन भएको भनिएका दिनेशकी श्रीमती सपना कार्की बस्नेतको मोबाइल नम्बर ९८२४०४४१७३ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन

सम्बन्धित समाचार