२०८३ बैशाख २० गते , आईतबार
बिर्तामोडबाट लागू औषधसहित दुई जना पक्राउ
बिर्तामोड । नगरको वडा नम्बर ४ आदर्श व्याङक्वेट छेउबाट प्रहरीले दुई जनालाई लागू औषधसहित पक्राउ परेका छन् । बिहीबार सवा तीन बजे बिर्तामोड ५ घर बताउने १९ बर्षीय निराज मण्डल र बिर्तामोड ६ घर बताउने १९ बर्षीय राहुल चौधरी पक्राउ परेका हुन ।
शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी बरिष्ठ हवल्दार मनोजकुमार ठाकुर नेतृत्वको टोलीले चेकजाँच गर्ने क्रममा १८ वटा प्लाष्टिकमा पोको पारिएको ४ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । उनीहरुलाई इप्रका अनारमनीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।